


भैरहवा,२७ साउन। रुपन्देही प्रहरीले चेसिस र इन्जिन नम्बरमा छेडछाड (टेम्पर) गरिएका दुई सवारीसाधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार, विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारीसाधनको चेसिस तथा इन्जिन नम्बर टेम्पर गरी चलाइएका प्रारम्भिक अनुसन्धानबाट खुलेपछि नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनमा लु १ ख ४०७६ नम्बरको हाइवा (टिप्पर) र लु २ त ५२०१ नम्बरको ट्रयाक्टर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय (सवारी), रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।

