


बुटवल,२७ साउन। रुपन्देही प्रहरीले बुटवल र तिलोत्तमा क्षेत्रका २५ वटा स्पामा छापा हानेर १२ जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार छापाका क्रममा अमर्यादित गतिविधिमा संलग्न आरोपमा ७ महिला र ५ पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको हो।

उक्त क्रममा केही स्पाका संचालकलाई सचेत गराउँदै प्रहरीले भारतीय नागरिकको परिचय खुल्ने कागजात र नेपाली ग्राहकको नाम र ठेगाना अनिवार्य रुपमा अभिलेख राख्न निर्देशन दिएको छ।
उनले पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए। स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन तथा गैरकानुनी गतिविधि हुन नदिन नियमित निगरानीलाई निरन्तरता दिने प्रहरीले जनाएको छ।

