


काठमाडौं,२८ साउन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्।
गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणा देउवासहित उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार स्वदेश फर्किएका हुन्।

नेपाल फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित स्वागत गरिएको छ।
संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देउवलाई विमानस्थलमा भेला भएका कार्यकर्ताले समर्थनमा नाराबाजी गर्दै स्वागत गरेका थिए।

