


काठमाडौं,२८ साउन। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्।
सिंगापुरमा उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले अपिलपत्र जारी गर्दै विगतका विभाजनका घाउ निको पार्दै प्रतिशोधको राजनीति त्यागेर मेलमिलाप र सहकार्यबाट समुन्नत नेपाल निर्माण गर्न आह्वानसमेत गरेका छन्।

उनले आफ्नो जीवन राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान, कानुन र नैतिक मूल्य–मान्यतालाई सर्वोपरि मानेर बिताएको दाबी गर्दै आगामी दिनमा पनि जनताको सर्वोत्तम हितमा काम गर्ने प्रतिबद्धता जनाए।
‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं’, उनले भनेका छन्,‘यस्तो नेपाल निर्माण गरौं,जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदायले समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।’
उनले कांग्रेसभित्रको असहमति र निराशा तत्काल समाधान गरी अन्य राजनीतिक दलसँग सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। कांग्रेस कुनै व्यक्तिको इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
यस्तो छ देउवाको अपिल :



