


काठमाडौं,२८ साउन। प्रहरीले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलले श्रेष्ठको निजी निवासमा खानतलासी गर्नुका साथै सञ्चारमाध्यमको कार्यालयमा समेत छापा मारेर कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति आपत्ति जनाएको हो।

बिहीबार जारी विज्ञप्तिमा काउन्सिलले सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी सामग्री जफत गरिएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ।
सम्पादक श्रेष्ठलाई पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको तथा बिहानै सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी सामग्री जफत गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ।


