


काठमाडौं,२९ साउन। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता सुदृढ बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताएका छन्।
शुक्रबारदेखि सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एकताबद्ध भएर अघि बढे कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे।

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वप्रति पूर्ण समर्थन जनाउँदै देउवा नै पार्टीका नेता र सभापति भएको बताए। वीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले बनारसमा रहँदाका स्मृतिहरु साझा गर्दै देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले पार्टीभित्रको एकता र उत्साहले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड दिए।

