


काठमाडौं,२९ साउन। नेपाली सेनाले खुला तथा समावेशी प्रतियोगिताबाट २८० जना अधिकृत क्याडेट पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेना भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जारी गरेको सूचनाअनुसार, नेपाली सेनाका सन्ततिका लागि १४, महिला २४, आदिवासी जनजाति ३९, मधेसी ३३, दलित १८ र पिछडिएको क्षेत्र ६ पद छुट्याइएको छ। बाँकी १४६ पद खुलातर्फ आवेदन आह्वान गरिएको छ ।

इच्छुक नेपाली नागरिकले भदौ १८ गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर भदौ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
कमेन्ट गर्नुस्

