


भैरहवा,१ भदौ। भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको टोलीले बेलहिया नाकाको भन्सार गल्लीबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद कपडा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताइएको छ।
कमेन्ट गर्नुस्

