


दाङ,१ भदौ। रोल्पाको थबाङ गाउँपालिका–५ मा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ।
नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरालगायत सत्ता साझेदार दलका नेताहरु सहभागी थिए।

बैठकले घाइतेको निःशुल्क उपचार, प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकले विपद् प्रभावित क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरी राहत, खोज तथा उद्धारलाई तीव्रता दिनुपर्नेमा जोड दिएको छ।

