


काठमाडौं, २ भदौ। नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहितका पूर्वपदाधिकारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता अनुपम शमशेर जबराका अनुसार, रेडक्रसको जिम्मेवारीमा रहँदा अनियमितता गरेको आरोपमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

अनियमितताबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
कमेन्ट गर्नुस्

