

भैरहवा,१ मंसिर। लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरुद्ध लुम्बिनीमा निरन्तर प्रदर्शन हुँदै आएको छ।
लुम्बिनी बचाउ महाअभियानले मंगलबार पनि डोल्माउपर छानबिन र नियुक्ति खारेजीको माग गर्दै लुम्बिनीमा प्रदर्शन गरेको छ।
Advertisement

Advertisement
Advertisement
स्थानीय महिला, जेनजी युवा, महाअभियानका पदाधिकारीको सहभागीतामा लुम्बिनीको पर्सा चोकदेखी सुरु भएको प्लेकार्डसहितको र्याली लुम्बिनी बिकास कोष परिसरमा पुगेर कोषण सभामा परिणत भएको थियो ।
महाअभियानले नियुक्ति खारेज नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिदैँ आएको छ।
लुम्बिनी बिकास कोषको कार्यालय परिषरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको मान्यताविपरीत रहेको बताए। उनले नियुक्ति तत्काल बदर गर्न सरकारसँग माग गरे।
विदेशी र विवादित नागरिकलाई सरकारले लुम्बिनी बिकास कोषको उपाध्यक्ष नियुक्ति गरेकोले तत्काल सच्याउन सरकार संग माग गरे।
लुम्बिनीको अन्तर्राष्ट्रिय गरिमा कायम राख्न, पुरातात्विक सम्पदा संरक्षण गर्न र अलपत्र गुरुयोजनाका काम सम्पन्न गर्न विज्ञहरुको आवश्यकता रहेको उनले बताए।
यसैगरी, भ्रष्टाचारविरोधी अभियन्ता सञ्जयकुमार मिश्रले सरकारले समयमै नियुक्तिसम्बन्धी निर्णय नसच्याए आन्दोलन लुम्बिनीमा मात्रै सीमित नरहने चेतावनी दिए ।
महाअभियानले उपाध्यक्षको नियुक्ति खारेजीको माग गर्दै चरणमा विरोधका कार्यक्रमहरु गर्दै आएको छ।
सरकारले असोज ३० गते लुम्बिनी बिकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरेसंगै शान्तीका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा लुम्बिनी बचाउ महाअभियानले आन्दोलनको घोषणा गरेको थियो।





