

भैरहवा,१ मंसिर। रुपन्देहीको रोहिणी गाउँपालिका–१, सेमरपानीस्थित इलाकाबाट सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली नेपाल भित्र्याइँदै गरेका गाडीका पार्टपुर्जाका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.डण्डा रुपन्देहीबाट खटिएको टोलीले भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको गाडीका पार्टपुर्जा तथा अन्य सामानसहित उक्त सामान ढुवानीमा प्रयोग गरिएको भारतीय कारसमेत नियन्त्रणमा लिएको हो।
Advertisement

Advertisement
Advertisement
सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार, बरामद गरिएका सामान तथा भारतीय कारको मूल्यांकन २७ लाख १८ हजार गरिएको छ। बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।





