

काठमाडौं,१ मंसिर। प्रहरी महानिरीक्षक पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा भोलि (बुधवार) पहिलो सुनुवाइ हुने भएको छ।
यसअघि हिजोका लागि पेसी तोकिएको भए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न र नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।
सरकारले डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो।
यता, मन्त्रिपरिषद्ले निर्णय गरेकै दिन कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पदको नियुक्तिपत्र बुझिसकेको गृह मन्त्रालयले दाबी गरेको छ।





