


नवलपरासी,४ भदौ। पूर्वी नवलपरासीमा दुई दिनदेखि बेपत्ता रहेका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्दार गरिएको छ।
प्रहरीका अनुसार, भदौ २ गते बिहान गैँडाकोट नगरपालिका–१४, भागरकी हेमकुमारी आले घरनजिकै शंखदेवी सामुदायिक वनबाट च्याउ टिपेर फर्किएपछि नाती शिवान तामाङ घरमा थिएनन् । नाबालक शिवान फेला नपरेपछि परिवारले प्रहरी कार्यालयमा निवेदन दिएको थियो।

खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवान शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।

