

काठमाडौं, २ मंसिर। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटघाट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन्।
Advertisement

Advertisement
Advertisement
प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे जानकारी लिएपछि दलेलाले भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरुले तयारी तीव्र पारेको बताए। भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने दलेलाको भनाइ रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार, भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।





