

सर्लाही,२ मंसिर। प्रहरीले सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन रायलाई पक्राउ गरेको छ।
उजुरीका आधारमा सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
२०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको दस्तखत किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको विषयमा प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो।
सोही उजुरीको आधारमा गत असोज १६ गते जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पालिका अध्यक्ष रायलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





