

भैरहवा,२ मंसिर। सशस्त्र प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, पत्थरडाँडाबाट करिब २१ लाख १० हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स र ढुवानीमा प्रयोग भएको गाडी बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान बरामद गरेको हो।
Advertisement

Advertisement
Advertisement
बरामद सामग्रीमा अन्दाजी ५ लाख रुपैयाँ मूल्यको मोबाइल कभर, १ लाख १० हजार रुपैयाँ मूल्यको मोबाइल टेम्पर ग्लास र ढुवानीका लागि प्रयोग गरिएको १५ लाख रुपैयाँ मूल्य बराबरको बोलेरो गाडी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।





