

म्याग्दी, २ मंसिर। म्याग्दीको मालिका गाउँपालिका-५ मल्कवाङ घरथोकस्थित वनमा लुकाएर राखिएका सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले गस्तीका क्रममा लुकाएर राखिएको उक्त बन्दुकहरु फेला पारेको नेपाल प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement
बरामद बन्दुकमध्ये पाँच थान साबुत र दुई थान बेसाबुत अवस्थामा छन्। ती बन्दुक इलाका प्रहरी कार्यालय दरबाङमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्





