

काठमाडौं,४ भदौ। सामाजिक सञ्जाल (फेसबुक) मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल रहेको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
साइबर ब्यूरोका प्रवक्ता एंव एसएसपी दिलीप कुमार गिरीका अनुसार, नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको र रकम समेत माग गरेको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको हो।
पक्राउ परेका युवकविरुद्ध विद्युतीय कारोबार ऐन अन्र्तगतको कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।



