

काठमाडौं,४ भदौ। नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एसएसपी लालबाबु गिरीलाई दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरु वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवानाको सजाए सुनाएको हो।
Advertisement

Advertisement
Advertisement
गिरीले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उनले पेस गरेको प्रमाणपत्रमा रहेको रोल नम्बर ७१८ को क्रमसंख्या नभेटिएको भन्दै बिहार स्कुल अफ इक्जामिनेसन बोर्ड, पटनाले पत्र पठाएपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी गिरीले २०५२ सालमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (सई) पदबाट सेवा प्रवेश गरेका थिए। उनी पछिल्लो समय नेपाल प्रहरी अस्पतालमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा कार्यरत थिए।



