

भैरहवा, ४ मंसिर। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपक कुँवरलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ (उत्कृष्ट प्रहरी) घोषित गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले इन्स्पेक्टर कुँवरलाई कात्तिक महिनाको (उत्कृष्ट प्रहरी) घोषित गरेको हो।
Advertisement

Advertisement
Advertisement
संगठनले सुम्पिएको जिम्मेवारी व्यावसायिक दक्षता, उच्च लगनशीलता, कर्तव्यनिष्ठा र इमानदारीपूर्वक निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको मूल्यांकनका आधारमा कुँवरलाई उत्कृष्ट प्रहरीका रुपमा छनोट गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।
इन्स्पेक्टर कुँवर एक अब्बल अनुसन्धान अधिकृतका रुपमा परिचित छन्। रुपन्देहीजस्तो महत्वपूर्ण जिल्लामा समेत अनुसन्धान अधिकृतका रुपमा कार्यरत रहँदा उनले गम्भीर प्रकृतिका अपराधका घटनाको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका थिए।





