

बुटवल,४ भदौ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कबाट जुवा खेलिरहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
बिहीबार जुवा-तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले १ लाख ३२ हजार बढी रुपैयाँ र ८ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार, पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–५ का ३४ वर्षीय आकाश गुरुङ, गुल्मी दरबार गाउँपालिका–४ का ३८ वर्षीय वीरबहादुर कार्की, गुल्मी रेसुङ्गा नगरपालिका–८ का ४४ वर्षीय राज श्रेष्ठ, रुपन्देही बुटवल उपमहानगरपालिका–३ का ५६ वर्षीय देव शाही, बुटवल–८ का ५३ वर्षीय पदम कुँवर, बुटवल–८ कै ७२ वर्षीय गणेशबहादुर कार्की, गुल्मी चन्द्रकोट गाउँपालिका–८ का ३५ वर्षीय लक्ष्मण महत, पाल्पा रिब्दीकोट गाउँपालिका–५ का ४९ वर्षीय कृष्ण थापा र रुपन्देही बुटवल उपमहानगरपालिका–१० का ४२ वर्षीय नेत्र पोख्रेल रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



