

मर्चवार, १२ भदौ। रुपन्देहीको सम्मरीमाई गाउँपालिकास्थित रोइनिहवामा जय श्रीराम मण्डलले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा तीनदिने धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ।
धार्मिक आस्था, सामाजिक सद्भाव र संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मण्डलका संयोजक अशोक कुमार तिवारीले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement
उनका अनुसार, भदौ १४ गते सम्मरीमाई–५ स्थित दानव नदीको चक्की घाटमा साँझ आरती तथा भजन–कीर्तन, १५ गते सम्मरीमाई–७ स्थित श्री कृषक आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीको सहभागितामा सामूहिक हनुमान चालिसा पाठ र १६ गते रोइनिहवास्थित शिव मन्दिरमा हनुमान चालिसा पाठ, सन्त भण्डारा तथा दाइजोमुक्त कन्यादानको संकल्प गरिनेछ।
धार्मिक कार्यक्रमसँगै समाजमा दाइजो प्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने तथा धार्मिक र सामाजिक सद्भाव कायम गर्न प्रेरित गर्ने उद्देश्यले दाइजोमुक्त कन्यादानको संकल्प गर्न लागिएको मण्डलले जनाएको छ ।





