

भैरहवा, १५ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको अध्यक्षमा पुनः सागर प्रताप राणा सर्वसम्मत निर्वाचित भएका छन्।
पार्टीको भैरहवामा सम्पन्न सातौं जिल्ला अधिवेशनले अध्यक्षमा राणासहित ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
Advertisement

Advertisement
Advertisement
निर्वाचन समितिका अनुसार, नयाँ कार्यसमितिको सदस्यमा विक्रम केसी, आबिद अलि पठान, चुन्न प्रसाद पौडेल, जितेन्द्र के.सी. खड्का, पदमा कुमारी थापा, तुफेल पठान, गुमानसिंह सोनी, छेदीलाल श्रीवास्तव, नरेन्द्र थापा, भीमप्रसाद पाण्डेय, प्रदीप कुमार कसौधन, शिला पासी, दिनानाथ अहिर यादव, ज्ञानेन्द्र श्रेष्ठ, ओमप्रकाश चौधरी (कुर्मी), रामबहादुर थापा, प्रेमबहादुर भण्डारी, खोमबहादुर सिंह, उमादेवी खवास र शिवकान्ति चमार निर्वाचित भएका छन्।
त्यस्तै सदस्यमा रफिक शाह, मुक्तिनाथ यादव, अहमद अलि शाह, रबिन्द्र कुमार पाण्डे, सलमान अहमद खाँ, इशान भण्डारी, शंकर खत्री, राधिका पाण्डेय, नाजिर अलि, सनोज कुमार यादव, अरुणा हमाल ठकुरी, हरिबहादुर केसी, राजेन्द्र प्रसाद साहनी, पम्फा कुमारी कुँवर, दिलीप बहादुर खत्री तिवारी, मनमोहन न्यौपाने, राजेश कुमार ढकाल, रामु बरई, शाहरुख पठान र जगत बहादुर खत्री क्षेत्री पनि चुनिएका छन् ।
बाँकी अन्य पदमा अध्यक्षले मनोनित गर्ने प्रावधान अनुसार केही समयपछि चयन गरिने बताइएको छ । कार्यसमितिको पदाधिकारीमा एकजना महिला उपाध्यक्ष अनिवार्यसहित तीनजना उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, एकजना सह–सचिव र एकजना सह–कोषाध्यक्ष हुने व्यवस्था छ।





