

काठमाडौं,१६ भदौ। नेपाली सेनाले आज हेलिकोप्टरमार्फत २३ जनाको उद्धार गरेको छ।
विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र प्रवेश गरी करिब ५० मिटर भित्रसम्म, लाङटाङ हाइड्रोमा टनेलभित्र करिब १५० मिटरसम्म, अपर त्रिशूली १ हाइड्रोको टनेलको करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको सेनाले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
सेनाले सार्वजनिक गरेको विवरण अनुसार, त्रिशूली ३ ए मा टनेल हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने कार्य भइरहेको छ। टनेल भित्रको पानी निकाल्नुका साथै ३ वटा डोजर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। रकम ब्रेकरबाट टनेल भित्र छिर्ने स्थान बनाउन ढुङ्गा फुटाउने कार्य भइरहेको छ।
त्रिशूली ३ बी को टनेलमा प्रवेश गर्नको लागि प्रवेशद्वार पत्ता लगाएर भित्र डोजर प्रयोग गरी उत्खनन्को कार्य भइरहेको छ।
नेपाली सेनाका अनुसार बाढीपश्चात् तत्काल उद्धारको क्रममा हाईड्रो इलाकाहरुबाट २७९ बाढीपश्चात् तत्काल उद्धारको क्रममा हाईड्रो इलाकाहरुबाट २७९ (रसुवागढी-२, माथिल्लो त्रिशूली,१- ३३, माथिल्लो त्रिशूली थ्री ए- २२१, माथिल्लो त्रिशूली थ्री बी- २, मैलुङ- ९, नुवाकोट सौर्य विद्युत् आयोजना-४, त्रिशूली जलविद्युत आयोजना-३ र देवघाट जलविद्युत-५) जनाको जीवित उद्धार गरिएको थियो।
यता रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरुमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी जनशक्ति खटिएर समन्वयात्मक रुपमा घाइतेहरुको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेका बताइएको छ।





