

भैरहवा, १६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात नेपाली तथा विदेशी विज्ञसहितको सुरक्षाकर्मीको संयुक्त टोलीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको छ।
सैनिक निर्देशनालयका अनुसार, विभिन्न जलविद्युत् आयोजनाका टनेलमा नेपाली तथा विदेशी विज्ञसहितको संयुक्त उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिरहेको छ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै, त्रिशूली–३ए आयोजनाको टनेल हेड फेला परेपछि कम्प्रेसरबाट हावा दिने, टनेलभित्र जमेको पानी निकाल्ने तथा तीन वटा एक्स्काभेटर प्रयोग गरी वैकल्पिक बाटो बनाउने काम भइरहेको सैनिक निर्देशनालयले जनाएको छ।

त्रिशूली–३बी आयोजनामा पनि विज्ञसहितको टोलीले टनेलको प्रवेशद्वार पत्ता लगाएर एक्स्काभेटर प्रयोग गरी खन्ने काम गरिरहेको छ। बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ।







सबै तस्विर : नेपाली सेना





