Close Menu
    What's Hot

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    २०८३ कार्तिक १, शनिबार १२:३३ गते

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १, शनिबार १२:४४ गते0
    विशेष

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    क्लिक लुम्बिनी२०८३ कार्तिक १, शनिबार १२:३३ गते0
    प्रमुख समाचार

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते0
    प्रमुख समाचार

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भोटेकोशी बाढीमा दिवंगत प्रहरी परिवारलाई तत्काल १० लाख रुपैयाँ राहत दिने निर्णय
    अर्थ

    भोटेकोशी बाढीमा दिवंगत प्रहरी परिवारलाई तत्काल १० लाख रुपैयाँ राहत दिने निर्णय

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १८, बिहीबार ००:१६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १७ भदौ । नेपाल प्रहरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई तत्काल राहतस्वरुप जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

    नेपाल प्रहरीका प्रवक्ता एंव डीआईजी अभि नारायण काफ्लेका अनुसार, बुधवार आईजीपी दानबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरुप संकलन गरिएको रकमबाट दिवंगत प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बैठकले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।

    बाढीमा परेर हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीको खोजी कार्यलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यसँग सम्पर्क तथा समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

    यसैगरी दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने, उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सीपमूलक तालिम प्रदान गर्ने साथै रोजगारीको लागि आवश्यक पहल गर्ने, उनीहरूका सन्ततिहरुलाई ‍शैक्षिक वृत्ति अन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने बैठकमा निर्णय गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रका प्रहरी एकाइ (इ.प्र.का. टिमुरे, अ.प्र. पोष्ट मैलुङ, प्र.चौ. रसुवागढी, प्र.चौ. स्याफ्रुवेशी, प्र.चौ. बेत्रावती) मा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत सामग्रीहरु क्षतिको राहत स्वरुप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत, सम्पर्कविहीन एवम् घाइते प्रहरी कर्मचारीहरु र निजका आफन्त एवम् परिवारजनहरुलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिको लागि सहजीकरण गर्ने समेत बैठकमा निर्णय गरिएको छ।

    बैठकले बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, मृतक प्रहरी कर्मचारीका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल प्रहरी भोटेकोशी बाढी रसुवा बाढी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    २०८३ कार्तिक १, शनिबार १२:३३ गते

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    २०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.