


काठमाडौं,३१ भदौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुण्डी कारोबारमा संग्लन आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका-४ का २४ वर्षीय अजय कुमार मुखिया रहेको सीआईबीले जनाएको छ।

सीआईबीका सूचना अधिकारी एंव एसएसपी अनुपम शमशेर जबराका अनुसार, मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रुपमा हुन्डी कारोबार भइरहेको सूचनाको विषयमा सूक्ष्म अनुसन्धान तथा विश्लेषणको क्रममा व्यक्तिगत तथा व्यवसायिक बैंक खाताहरुको प्रयोग गरेर एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार पुष्टि हुन आएको छ।
पक्राउ परेका मुखियामाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

