


वीरगञ्ज, १ असोज। सशस्त्र प्रहरीले पर्साको वीरगञ्जमा भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरो खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-१५ स्थित वास्तुबिहार चोकमा वेवारिसे अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्ने क्रममा उक्त हतियारहरु बरामद गरेको हो ।

उक्त कारबाट २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका एसएलआरको ६ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद पेस्तोल, गोली र कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

