


भैरहवा,८ असोज । रुपन्देही प्रहरीले जेनजी प्रदर्शनको क्रममा काठमाडौंको सुन्धारा कारागारबाट फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, लागुऔषध मुद्दामा कैदमा रहेका दाङको तुल्सीपुर उपमहानगरपालिका-२ का सन्तोष देवकोटा कारगार कार्यालयहरुमा तोडफोड, आगजनी पश्चात सुन्धारा कारागारबाट फरार भएका थिए ।

फरार देवकोटालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-१ स्थितबाट नियन्त्रणमा लिएर कारागार कार्यालय रुपन्देहीमा पठाएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

