


काठमाडौं,८ असोज। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय ३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेको प्रहरीले जनाएको छ। विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार कतारको दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको पार्किङ क्षेत्रबाट सुनसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका भारतीय नागरिकको सुरक्षा जाँच गर्दा भित्रिबस्त्रभित्र प्लास्टिकमा र्यापिङ गरेको अवस्थामा उक्त सुन बरामद भएको हो। बरामद सुन र व्यक्तिउपर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

