


काठमाडौं,८ असोज। नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकारमा रङ परिवर्तन गरी नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को नोट प्रचलनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार, नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथाको चित्र तथा लालीगुराँसको पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी तल्लो दायाँ भागमा एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ।

नोटको पछाडिको भागमा चितवनस्थित सरकारी हात्तीसारका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ।
नयाँ नोटमा के-के छन् विशेषता ? हेर्नुहोस् सूचना :


