

भैरहवा, १३ असोज। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (क) को सभापतिमा महेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन्।
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा प्रतिष्पर्धी लेखनाथ भट्टराईलाई १३३ मतले पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। श्रेष्ठले २७७ र भट्टराईले १४४ मत प्राप्त गरेका थिए।
Advertisement

Advertisement
Advertisement
समितिको अनुसार, श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ। उपसभापतिमा श्रेष्ठ प्यानलबाट सुनिलराज विष्टले २७२ मत ल्याएर निर्वाचित हुँदा प्रतिष्पर्धी याम बहादुर थापा (माइला) ले १४३ मत प्राप्त गरेका छन्।
त्यस्तै सचिवमा हुमलाल पौडेल २५३ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी दीपक श्रेष्ठले १६२ मत प्राप्त गरे ।
निर्वाचन समितिका अनुसार, सह–सचिव (महिला) मा विनिता श्रेष्ठले २७६ मतसहित विजयी हुँदा प्रतिष्पर्धी अर्पिता विश्वकर्माले १३२ मत ल्याइन्। सहसचिव (खुल्ला) मा गोकुल यादव २५५ मतका साथ निर्वाचित हुँदा प्रतिष्पर्धी डिल्लीराज अधिकारीले १४८ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरुमा अर्जुन कार्की, अनन्तराज पाण्डे, अरुणबहादुर घर्ती, कन्हैयालाल गुप्ता बनियाँ, कृष्णबहादुर खनाल, ठाकुर अधिकारी, रामकिशन विश्वकर्मा र संजीव गुरुङ निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा विष्णु कहाँर र जितेन्द्र यादव पनि निर्वाचित भएका छन्। अन्य सदस्य पदमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।





