


भैरहवा, १३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीको १५ औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।
कांग्रेसलाई थप सुदृढ, सबलका साथै एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको उनले जनाएका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका उनले जारी गरेको अपीलमा भनिएको छ ‘नेपाली काँग्रेसलाई सुदृढ, सबल साथै एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाली काँग्रेसको १५ औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि (खुला) पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु।’

