


काठमाडौं,१३ असोज। नेपाली कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिभन्दा दुई दिनपछि हुने भएको छ।
यसअघि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो। अब महाधिवेशन असोज १८ गतेदेखि सुरु हुने कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिए ।

उनका अनुसार भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले महाधिवेशनको मिति सारिएको हो।
क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गर्न समय लाग्ने भएपछि महाधिवेशनको नयाँ मिति तय गरिएको कांग्रेसले जनाएको छ।

