


काठमाडौं,१४ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सक्रिय सहभागिताले आगामी दिनमा कूटनीतिलाई थप सशक्त बनाउँदै राष्ट्रिय हित प्रवर्द्धन गर्ने आधार तयार भएको बताएका छन्।
महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले महासभाका क्रममा प्रधानमन्त्रीको सम्बोधन तथा विभिन्न बहुपक्षीय बैठकमा भएको सहभागिता र छलफलले नेपालको कूटनीतिक छवि उच्च भएको धारणा राखे ।

महासभाका क्रममा नेपालले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट भएको क्षतिको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको उनले बताए। विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायले चासो र ऐक्यबद्धता जनाएको उनको भनाइ थियो।

