

भैरहवा, १६ असोज । नेपालको स्थानीय बजारमा सुन-चाँदीको मूल्य बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रवार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेर ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीवार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुस्



