

भैरहवा, १६ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय कार्यसमितिको अधिवेशनले सभापतिमा पुरन प्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार, सचिवमा प्रेम प्रसाद पौडेल र १८ जना सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

सहसचिवमा पदमा बिहीवार मतदान भएकोमा (महिलातर्फ) अस्मिता सुवेदी शर्मा ३६४ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनको प्रतिस्पर्धी पल्लवी न्यौपानेले ३३३ मत प्राप्त गरेका छिन्।
त्यस्तै सहसचिव (खुल्लातर्फ) मा घनश्याम यादव ३९५ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको प्रतिस्पर्धी कुलप्रसाद न्यौपानेले ३०५ मत प्राप्त गरेका छन् । कार्यसमितको अन्य पदमा सदस्यहरुबाट मनोनित हुनेछन् ।
त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि ४३ जनाले उम्मेदवारी दिएकोमा २२ जना सर्वसम्मत र मतदान प्रक्रियबाट १२ जना गरी कुल ३४ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
को-को भए निर्वाचित ? हेर्नुहोस् सूची :





