

काठमाडौं,१७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने भएको छ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले असोज २० गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकपछि निर्णय सार्वजनिक गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।
अभियानलाई सशक्त रुपमा सञ्चालन गर्न पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी दिइएको छ।
रास्वपाले अभियानका लागि सांसद तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकिएका जिल्लाको विस्तृत तालिकासमेत तयार गरेको जनाएको छ।



