

भैरहवा, १८ असोज । रुपन्देहीमा नाबालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१० शान्तिनगरका २७ वर्षीय विशाल उर्फ युवराज थारु रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार, तिलोत्तमा नगरपालिका-१७ दरखसवाबाट गत बुधवार राति घरभित्र सुतिरहेको अवस्थामा १० वर्षीया बालिकाको अपहरण भएको थियो। खोजतलासको क्रममा बालिकाको शुक्रवार साँझ तिलोत्तमाको कान्छी बजारस्थित जंगलबाट सकुशल उद्धार गरिएको थियो ।
घटनामा संग्लन फरार थारु फेला परेपछि प्रहरीमाथि आक्रमण गर्न खोज्दा गोली प्रहार गरेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खुट्टामा गोली लागेको उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



