Close Menu
    What's Hot

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    २०८३ आश्विन २०, मंगलवार १५:५३ गते

    गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    २०८३ आश्विन २०, मंगलवार १५:३६ गते

    दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

    २०८३ आश्विन २०, मंगलवार १५:२७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:५३ गते0
    प्रमुख समाचार

    गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:३६ गते0
    मेन स्टोरी

    दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:२७ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी प्रदेशमा स्वास्थ्य समिक्षा : सेवा सुधारदेखि औषधि उत्पादनसम्म

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:१९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी प्रदेशमा स्वास्थ्य समिक्षा : सेवा सुधारदेखि औषधि उत्पादनसम्म
    फोकस लुम्बिनी

    लुम्बिनी प्रदेशमा स्वास्थ्य समिक्षा : सेवा सुधारदेखि औषधि उत्पादनसम्म

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:१९ गते
    advertisement
    advertisement
    advertisement

    दाङ,२० असोज। लुम्बिनी प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय, सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले १३ बुँदे देउखुरी घोषणापत्र जारी गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा सम्पन्न गरेपछि उक्त घोषणापत्र जारी गरिएको हो । समिक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा थप सुधारको आवश्यकता रहेको र सोही अनुसार कार्यसम्पादनलाई प्रभावकारी बनाउनेगरी अघि बढ्न निर्देशन दिएका थिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    घोषणापत्रमार्फत प्रदेश सरकारले सबै नागरिकका लागि स्वस्थ जीवन, गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम तथा दिगो स्वास्थ्य प्रणाली निर्माणका लागि घोषित प्रतिबद्धता कार्यान्वयन गर्ने साझा संकल्प व्यक्त गरेको छ।

    घोषणापत्रमा आयुर्वेद औषधि उत्पादनदेखि अस्पतालको सेवा गुणस्तर सुधार, विद्युतीय स्वास्थ्य अभिलेख, सुरक्षित मातृत्व, पोषण, नसर्ने रोगको रोकथाम र बेरुजु न्यूनीकरणसम्मका विषय समेटिएका छन्।

    प्रदेशमा पाइने स्थानीय जडीबुटीको संरक्षण, संवर्द्धन र दिगो उपयोग गर्दै आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना तथा सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ। आयुर्वेदिक औषधि उत्पादन बढाएर औषधिको क्षेत्रमा आत्मनिर्भर बन्न जोड दिने घोषणा गरिएको छ।

    त्यस्तै, कपिलवस्तु, बाँके र बर्दियालाई आरोग्य तथा स्वास्थ्य पर्यटनका प्रमुख गन्तव्यका रुपमा विकास गरिने भएको छ। कपिलवस्तु आयुर्वेद चिकित्सालयलाई वृहत् लुम्बिनी धार्मिक क्षेत्रको महत्व झल्किने गरी पञ्चकर्म, योग, ध्यान तथा पुनर्स्थापना सेवासहितको विशिष्टीकृत केन्द्रका रुपमा विकास गर्ने घोषणा गरिएको छ ।

    प्रदेश सरकार मातहतका अस्पतालमा रहेका जैविक–चिकित्सकीय उपकरणको उच्चतम उपयोगका लागि उपकरणको परीक्षण तथा लेखापरीक्षण गरिने भएको छ । प्रदेशमा रहेको जैविक९चिकित्सकीय उपकरण मर्मत केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने पनि घोषणा गरिएको छ।

    अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न चिकित्सकीय सेवाको परीक्षण तथा मूल्याङ्कनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा विस्तार गरिने भएको छ । यसबाट अस्पतालमा उपलब्ध सेवाको गुणस्तर, प्रभावकारिता र बिरामीको उपचार प्रक्रियामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

    घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा विद्युतीय प्रणालीको विस्तारलाई पनि प्राथमिकता दिइएको छ । प्रदेशको डिजिटल स्वास्थ्य मार्गचित्र तयार गरी प्रदेश मातहतका अस्पताल तथा आयुर्वेद चिकित्सालयमा पूर्णरुपमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली स्थापना गर्ने घोषणा गरिएको छ ।

    स्थानीय तहका स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य सूचना प्रणालीलाई निरन्तरता दिँदै थप विस्तार गरिने भएको छ । सुरक्षित मातृत्व तथा बाल स्वास्थ्य सुधारका लागि ‘सुरक्षित मातृत्व अभियान’ प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ। परिवार स्वास्थ्य परिचयपत्र कार्यक्रमलाई स्थानीय तहसँगको समन्वय र सहकार्यमा रुपन्देही जिल्लाका पाँच स्थानीय तह तथा प्युठान जिल्लामा विस्तार गरिने भएको छ ।

    स्वास्थ्य प्रणालीमा उपलब्ध विभिन्न तथ्य तथा तथ्याङ्कलाई एकीकृत गरी प्राथमिक स्वास्थ्य सेवा सम्बन्धी विद्युतीय सूचना पटल विकास गरिने भएको छ । तथ्यमा आधारित नीति, योजना, बजेट तथा निर्णय प्रक्रियालाई संस्थागत गर्ने घोषणा गरिएको छ ।

    नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको बढ्दो भार न्यूनीकरण गर्न स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम तथा उपचार व्यवस्थापनलाई सुदृढ बनाइने भएको छ । स्थानीय तथा प्रदेश तहका स्वास्थ्य संस्थाबाट गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, जाँच, निदान, उपचार तथा पुनःजाँच सेवाको सुनिश्चितता गर्ने घोषणा गरिएको छ ।

    स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयमा सुर्तीजन्य पदार्थ तथा अस्वस्थकर खानपानलाई निषेध गर्ने र स्थानीय जडीबुटीबाट तयार हुने चियालाई प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

    बालबालिका तथा महिलामा देखिएको कुपोषण न्यूनीकरण तथा रोकथामका लागि बहुक्षेत्रीय समन्वय र साझेदारीलाई संस्थागत गरिने भएको छ। जीवनचक्रमा आधारित पोषण प्रवर्द्धन, स्थानीय खाद्य संस्कृतिको संरक्षण तथा व्यवहार परिवर्तनमा आधारित बृहत् पोषण अभियान सञ्चालन गरिने घोषणा गरिएको छ ।

    स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा रहेको बेरुजु न्यूनीकरणलाई समेत प्राथमिकतामा राखिएको छ । असुल गर्नुपर्ने र पेश्की बेरुजुलाई शून्यमा झार्ने तथा नियमित गर्नुपर्ने बेरुजुलाई ५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ।

    तीन तहका स्वास्थ्य संस्थाबीच हुने बिरामी प्रेषणलाई व्यवस्थित बनाउन जवाफदेही र प्रभावकारी प्रेषण प्रणाली सञ्चालन गर्ने घोषणा गरिएको छ । प्रदेश अस्पताल विकास समितिको आर्थिक कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि गरिएको छ ।

    प्रदेशका विभिन्न समुदायमा रहेका थालसेमिया, सिकलसेल तथा हेमोफिलियाका वाहक र बिरामीको प्रभावकारी अभिलेखीकरणका लागि जैविक पहिचानसहितको विद्युतीय अभिलेख प्रणाली स्थापना गरिने भएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश स्वास्थ्य समिक्षा स्वास्थ्य समिक्षा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    २०८३ आश्विन २०, मंगलवार १५:५३ गते

    दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

    २०८३ आश्विन २०, मंगलवार १५:२७ गते

    भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’

    २०८३ आश्विन २०, मंगलवार १३:१८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.