

कपिलवस्तु,२० असोज। कपिलवस्तु प्रहरीले बिलबिजक नभएको साढे ५२ लाख रुपैयाँबढी मूल्य बराबरको कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार, इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ शिवपुर कोलनी चोकमा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१–००७ ख ०४३० नम्बरको कन्टेर चेकजाँच गर्दा बिलबिजक नभएको अवस्थामा ७ हजार १५२ थान रेडिमेड सर्ट बरामद भएको हो।
Advertisement

Advertisement
Advertisement
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्



