

सर्लाही, २१ असोज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर कौशल कुमार मधुकरलाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यका लागि सेवाग्राहीसँग माग गरेको १ लाख रुपैयाँघुस लिइसकेको अवस्थामा दुवैजनालाई नियन्त्रणमा लिएको हो। साथै, स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँ पनि बरामद भएको छ।
Advertisement

Advertisement
Advertisement
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकोछ।
कमेन्ट गर्नुस्





