

काठमाडौं,२१ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह नरहेको दावी गरेका छन्।
पार्टीको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।
Advertisement

Advertisement
Advertisement
‘विशेष न विशेष, कोइराला-पौडेल सबै गुट सकियो। कुनै समूह छैन।आजदेखि सबै सकियो गुट,’ उनले भने।
उनले महाधिवेशनपछि पार्टीलाई गुटगत स्वार्थभन्दा माथि उठाएर एकताबद्ध रुपमा अघि बढाउने संकेत गरे। लामो समयदेखि देखिँदै आएको आन्तरिक समूहगत विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
थापाले पार्टीको आन्तरिक व्यवस्थापनमा मात्रै केन्द्रित हुनुभन्दा कांग्रेसका नीति, विचार र मुलुकका समसामयिक विषयलाई समाज र जनताबीचको बहसको केन्द्रमा लैजानुपर्ने बताएका छन्।
आफ्नो समयको ठूलो हिस्सा पार्टीभित्रको व्यवस्थापनभन्दा बाहिर रहेर कांग्रेसको विचार, नीति र देशका प्रमुख मुद्दामाथि बहस गर्न खर्चिने उनको भनाइ छ।





