

भैरहवा,८ मंसिर। लागूऔषध नियन्त्रण ब्यूरोले भैरहवाबाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको गोरखपुरका ३५ वर्षीय मनिष सिंह, सोही स्थानका ३४ वर्षीय तनबिर मुसलमान र कपिलवस्तुको मायादेवी गाउँपालिका–६ का २९ वर्षीय सफिक मुसलमान रहेको ब्यूरोले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
ब्यूरोेका सूचना अधिकारी एंव एसपी दुर्गाराज रेग्मीका अनुसार, ब्यूरो भैरहवा शाखा कार्यालयबाट खटिएको टोलीले भारतबाट खैरो हेराईन ल्याएर लुम्बिनी प्रदेशका शहरी क्षेत्रहरुमा विक्री गर्ने गिरोहका व्यक्तिहरुलाई १५५ ग्राम ७४० मिलिग्राम खैरो हेरोइनसहित सिद्धार्थनगर नगरपालिका-३ स्थितबाट पक्राउ गरेको हो।
घटनास्थलबाट मोटरसाइकल, स्कुटर र नौ थान मोबाइल फोनसमेत बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।





