Close Menu
    What's Hot

    भैरहवाको फोहोर व्यवस्थापन समाधानतर्फ : निजी कम्पनीसँग सम्झौता

    २०८३ मंसिर ९, मंगलवार १४:०७ गते

    भैरहवाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

    २०८३ मंसिर ९, मंगलवार १३:११ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

    २०८३ मंसिर ९, मंगलवार १२:४४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    भैरहवाको फोहोर व्यवस्थापन समाधानतर्फ : निजी कम्पनीसँग सम्झौता

    क्लिक लुम्बिनी२०८३ मंसिर ९, मंगलवार १४:०७ गते0
    विशेष

    भैरहवाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ मंसिर ९, मंगलवार १३:११ गते0
    विशेष

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

    क्लिक लुम्बिनी२०८३ मंसिर ९, मंगलवार १२:४४ गते0
    फोकस लुम्बिनी

    इन्स्पेक्टर दिपक कुँवर बने लुम्बिनी प्रदेशको ‘बेस्ट पुलिस अफ द मन्थ’

    क्लिक लुम्बिनी२०८३ मंसिर ५, शुक्रबार १५:४५ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाको फोहोर व्यवस्थापन समाधानतर्फ : निजी कम्पनीसँग सम्झौता
    विशेष

    भैरहवाको फोहोर व्यवस्थापन समाधानतर्फ : निजी कम्पनीसँग सम्झौता

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ मंसिर ९, मंगलवार १४:०७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ८ मंसिर। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निजी कम्पनीसँग पाँच वर्षका लागि सम्झौता गरेको छ।

    स्थापनाकालदेखि नै फोहोरमैला व्यवस्थापनको चुनौती झेल्दै आएको सिद्धार्थनगरमा दीर्घकालीन समाधान खोज्ने उद्देश्यसहित नगरपालिकाले यो कदम अघि बढाएको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    फोहोर व्यवस्थापनका विषयमा विभिन्न प्रयासमा राजनीतिक दाउपेच र अन्य चुनौतीका कारण अपेक्षित रुपमा अघि बढ्न नसकेको अवस्थामा नगर प्रमुख इश्तियाक अहमद खाँको नेतृत्वमा समस्या समाधानका लागि कार्य भएको हो।

    फोहोरमैला व्यवस्थापनका लागि सोमबार सिद्धार्थनगर नगरपालिकाको कार्यालय र वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रालिबीच पाँच वर्षका लागि सम्झौता भएको हो।

    सम्झौताअनुसार उक्त कम्पनीले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी वहन गर्नेछ। फोहोरमैला व्यवस्थापनको कुल आय ठेक्का ३ करोड ६० लाख २ हजार ९ सय ७१ रुपैयाँ ७ पैसा छ। उक्त सम्झौता २०८३ मंसिर ७ गतेदेखि लागू भएर २०८८ मंसिर ६ गतेसम्म कायम रहने नगरपालिकाको कार्यालयले जनाएको छ।

    वर्षौंदेखि नगरवासीले भोग्दै आएको फोहोरको समस्या अन्त्य गर्दै सिद्धार्थनगरलाई स्वच्छ, सफा र व्यवस्थित सहरका रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ। सोही लक्ष्यअनुरुप नगर प्रमुख खाँले सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन व्यवस्थापन प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाएका हुन्।

    संविधानसभा सदस्य एंव नगर प्रमुख इश्तियाक अहमद खाँले फोहोरमैला व्यवस्थापन सिद्धार्थनगरको लामो समयदेखिको चुनौती र नगरवासीको प्रमुख चासोको विषय रहेको उल्लेख गर्दै अब सरसफाइमा परिवर्तन देखिने गरी काम अघि बढाइने बताएका छन्।

    ‘फोहोर व्यवस्थापन सिद्धार्थनगरको लामो समयदेखिको चुनौती र नगरवासीको चासोको विषय हो। स्वच्छ सहर बनाउने कुरा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। नगरवासीले वर्षौंदेखि भोग्दै आएको फोहोरको समस्या समाधान गरी सफा, सुन्दर र स्वस्थ सिद्धार्थनगर निर्माण गर्ने हाम्रो प्रतिबद्धता हो’,नगर प्रमुख खाँले भने, ‘यो काम नगरपालिकाको मात्र नभई हामी सबैको साझा जिम्मेवारी पनि हो।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ फोहोरमैला सम्झौता भैरहवा सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

    २०८३ मंसिर ९, मंगलवार १३:११ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

    २०८३ मंसिर ९, मंगलवार १२:४४ गते

    इन्स्पेक्टर दिपक कुँवर बने लुम्बिनी प्रदेशको ‘बेस्ट पुलिस अफ द मन्थ’

    २०८३ मंसिर ५, शुक्रबार १५:४५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.