Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » १६ औँ योजनाको निर्माण कुहिराको काग जस्तो भएको छ : उपाध्यक्ष पौडेल
    प्रमुख समाचार

    १६ औँ योजनाको निर्माण कुहिराको काग जस्तो भएको छ : उपाध्यक्ष पौडेल

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ८, सोमबार ०६:५४ गते
    फाइल फोटो।
    advertisement
    advertisement
    advertisement

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुने गरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताएका छन् । उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताएका हुन् ।

    उनले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औँ योजनालाई उपेक्षा गर्ने गरी योजना निर्माण गरिरहेको आरोप लगाए । उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिइरहेको बताए । उनले १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनाबद्ध विकासका अभ्यास, प्रयासहरू र तिनले दिएका अनुभवहरूको जगमा उभिएर वर्तमान र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिइरहेको दाबी गरे।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले भने,‘मुलुक आगामी १६ औँ योजना निर्माणको चरणमा छ । १६ औँ योजना निर्माण गर्दा अहिलेसम्म योजनाबद्ध विकासका अभ्यास, प्रयासहरू र तिनले दिएका अनुभवहरूको जगमा उभिएर आज र भोलिको आवश्यकतालाई ठिक ढङ्गले पहिचान गरेर योजना निर्माणको काममा सरकार लाग्नुपर्ने हो । तर वर्तमान सरकार र सरकारको मातहतमा बनेको योजना आयोग १६ औँ योजनाको निर्माणमा अलमलिएको छ । कुहिराको काग जस्तो भएको छ । उडान भरेको छ तर कता जाने हो थाहा छैन । यो सरकारको नेतृत्वमा रहेको योजना आयोगले कुनै गतिलो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरूको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्छ भनेर आशा गर्न सक्ने अवस्था छैन । हामीसँग पञ्चवर्षीय योजना बनाउने राम्रो अनुभव छ । राम्रो अनुभव अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको योजना आयोग र त्यो योजना आयोगले बनाएको १५ औँ योजना धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ । नेपालको योजनाबद्ध विकासमा डिपार्चर थियो । नयाँ दिशाबोध दिएको थियो । विकासका परम्परागत अभ्यासहरूलाई ब्रेक थ्रू गरेको थियो ।’

    योजना आयोग १५ औँ योजनाका सकारात्मक योगदानहरूलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औँ योजनाले राष्ट्रिय दीर्घकालीन र आवधिक लक्ष्य निश्चित गर्ने गरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाए ।

    पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले योजना आयोगको १६ औँ योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गरे । उनले १६ औँ योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रूपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

    योजना आयोग १५ औँ योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा १६ औँ योजनाको तयारी गरिरहेको पौडेलको भनाई छ । उनले १५ औँ योजनाले अघि सारेका योजनाहरूलाई निरन्तरता दिँदै थप आवश्यकताहरूलाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताए । उनले सरकारले १५ औँ योजनाप्रति पूर्वाग्रह राखेर १६ औँ योजना बनाउन नहुने जिकिर गरे ।

    उनले भने, ‘१६ औँ योजनामा मानवीय विकासका आवश्यकता केके हुन् भन्ने विषयमा ध्यान दिनुपर्छ । अहिलेको चुनौती र आवश्यक के हो भन्ने बुझ्न जरुरी छ । १६ औँ योजनाले शिक्षामा मुलुकको आवश्यकता अनुसार बनाउनुपर्ने छ । सीप विकास,रोजगारी र आत्मनिर्भरताको विकास गर्न सकेको छैनौँ । त्यसमा केन्द्रित हुनुपर्छ । लाखौँ विद्यार्थी विदेश जाने क्रम रोक्ने कसरी ? नेपाली विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने कुरामा विश्वास आधार निर्माण गर्ने कसरी भन्ने विषयमा योजना केन्द्रित हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा उपचारको नाममा अर्बौँ रुपैयाँ विदेश गइरहेको छ । त्यसलाई रोक्नको लागि मुलुकभित्रै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विकासमा केन्द्रित योजना बन्नुपर्छ ।’

    उपाध्यक्ष पौडेलले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याए पनि समग्र नेपालीको साझा नारा भएको दाबी गरे। उनले समृद्धि नेपाल सुखी नेपालीको नारामा कसैले विमति राख्नुपर्ने विषय नभएको बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेकपा एमाले योजना आयोग विष्णुप्रसाद पौडेल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.