
भैरहवा, ११ माघ ।
रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टिम सहभागी हुने गरी ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १३ गते देखि हुने प्रतियोगितामा भारतका १६ टिम र नेपालका १६ टिम गरी ३२ वटा टिमको सहभागीता रहने आयोजकले बताएका छन् ।
स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति रुचि जगाउने उद्देश्यले “पडरिया लुम्बिनी प्रिमियर लिग” को नामले प्रतियोगिता हुदै आएको छ । अहिले हुने प्रतियोगिताको छैठौं संस्करण हो ।
Advertisement

Advertisement
Advertisement

प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताए । यस्तै नेपालबाट सिरहा, नेपालगञ्ज लगायतका स्थानबाट टिमहरुले प्रतियोगितामा भाग लिने उनले जनाए ।
टेनिस बलले नकआउट आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगिता मध्ये पर्दछ । यस पटक प्रतियोगिताको पुरस्कार राशी पनि बढाईएको अहमदले बताए । पहिलो पुरस्कार २ लाख रुपैया तथा दोश्रो पुरस्कार १ लाख रुपैया तोकिएको उनले जानकारी दिए । यस्तै बेस्ट बलर, बेष्ट ब्याटर, म्यान अफ द म्याच, अनुशासित टोली लगायत सेमी फाईनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको ब्यवस्था रहेको उनको भनाई छ ।
करिब २० लाख खर्च लाग्ने प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् संगै लुम्बिनी सांस्कृतिक नगरपालिका एवम स्थानिय दाताहरुबाट सहयोग संकलन गरिएको छ ।

