
काठमाडौं, २१ माघ । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङलाई विशेष अदालतले दोषी ठहर तीन वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला सुनाएको हो । सजाय निर्धारण गर्दै अदालतले तामाङलाई बिगो रकम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ भराउन समेत आदेश दिएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै, तामाङकी श्रीमती सृजना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई अदालतले १ वर्ष ६ महिना कैद सजायसँगै उनीबाट २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला विशेष अदालतले गरेको छ । सहकारीका बचतकर्ताको रकम अपचलन गरेपछि ठगी आरोपमा पक्राउ परेका सिभिलका पूर्वअध्यक्ष तामाङ र अध्यक्ष श्रेष्ठ अदालतको आदेशमा २०७८ पुस १४ देखि थुनामा छन् ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा सम्पत्ति जफत हुने फैसला गरिए पनि सिभिल सहकारीका निक्षेपकर्ताहरु पीडित रहेका कारण काठमाडौं जिल्ला अदालतमा जारी ठगी मुद्दामा कसुर ठहर भएमा सो सम्पत्तिको पहिलो प्राथमिकता पीडितहरुलाई हुने समेत विशेषको फैसलामा उल्लेख छ ।

