
काठमाडौं । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको चार महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षा गरेको छ।
राष्ट्रिय सभागृहमा दुई दिनसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले अभियानमा खट्ने कार्यकर्ताको मूल्यांकनको आधारमा समूह विभाजन गरी कम खट्ने कार्यकर्तालाई कारवाही गर्ने निर्णय गरेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिने अभियानमा खटेका कार्यकर्तालाई मूल्यांकनको आधारमा चारवटा समूहमा विभाजन गरेको जानकारी दिए।
अभियानमा खटेको मूल्यांकनको आधार तय भएको छ। मूल्यांकनको आधारमा चार समूहमा कार्यकर्तालाई वर्गीकरण गरिएको हो, उनले भने, सय प्रतिशतसम्म खट्ने कार्यकर्तालाई प्रशंसा पत्र दिने, ७५ देखि ८० प्रतिशतसम्म खट्ने कार्यकर्तालाई धन्यवाद, ५० देखि ५५ प्रतिशतसम्म खट्नेहरूलाई अझ खट्नुपर्छ भनेर निर्देशन पत्र दिने र १५ प्रतिशतभन्दा कम खट्नेहरूलाई कारवाही गर्ने निर्णय भएको छ।
माओवादीले कार्य क्षेत्रमा नजाने कार्यकर्तालाई स्पष्टिकरण लिइसकेपछि चेतावनी वा निलम्बन गर्ने भएको छ। सापकोटाले भने १५ प्रतिशतभन्दा कम खट्नेहरुलाई कारवाही गर्ने कुरा भएको छ। स्पष्टिकरण लिइसकेपछि चेतावनी पनि हुनसक्छ, निलम्बन पनि हुनसक्छ वा पद घटुवा पनि हुनसक्छ।
यसैगरी बैठकले रुप परिवर्तन गरेर नयाँ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। तराई मधेश जागरण अभियान ठूला सहरमा एक खालको गर्ने र त्यसपछि पूर्व पश्चिम, उत्तर दक्षिण अभियान चलाउने निर्णय भएको सापकोटाले जानकारी दिए।

